FAQs Complain Problems

इटहरी उप-महा नगरपालिकाको नागरिक वडापत्र

१. उद्योगब्यापारब्यवसाय बन्द लगत कट्टा सिफारिस

आवश्यक कागजातहरु : 

  • सम्वन्धित ब्यवसायीको नागरिकता प्रमाणपत्र प्रतिलिपी १ प्रति
  • न.पा.बाट प्राप्त ब्यवसाय प्रमाणपत्रको सक्कलै प्रति
  • सम्वन्धित वडाबाट प्राप्त सरजमिन सहितको सिफारिस
  • चालु आ.ब. सम्ममा न.पा.लाई बुझाउनु पर्ने सम्पूर्ण करदस्तुर शुल्क आदि झाएको प्रमाणकागज।
  • सम्वन्धित ब्यक्तिको निवेदन

सम्वन्धित शाखाः– कर (कोठा नं.९)

२. ब्यवसाय प्रमाणपत्रको नामसारी

आवश्यक कागजातहरु : 

  • ब्यवसाय प्रमाणपत्रको सक्कल प्रति
  • नामसारी गर्ने ब्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर दस्तुर शुल्क आदि अग्रिम बु झाएको प्रमाण कागज
  • पहिला ब्यवसाय प्रमाणपत्र लिने ब्यक्ति र नामसारी गर्ने ब्यक्तिको सम्यूक्त निवेदन

सम्वन्धित शाखाः– कर (कोठा नं.९)

३. विद्यालय स्थापनासंचालन तथा स्तर बृद्धि सिफारिस

आवश्यक कागजातहरु : 

  • सम्वन्धित विद्यालय वा ब्यवस्थापन समितिको अनुरोध पत्र
  • ब्यवस्थापन समितिको बैठक निर्णय को प्रमाणित प्रतिलिपी १ प्रति
  • विद्यालयको विस्तृत विवरण भरिएको जिल्ला शिक्षा कार्यालयबाट प्राप्त फारम १ प्रति
  • नजिकका कम्तिमा दुई विद्यालयबाट प्राप्त सहमति पत्रको प्रतिलिपी १/१ प्रति
  • सम्वन्धित वडा समितिको सिफारिस
  • कक्षा थप वा स्तर बृद्धि गर्नु पर्ने भएमा सो सम्वन्धमा विद्यालय ब्यवस्थापन समितिको बैठक निर्णयको प्रमाणित प्रतिलिपी
  • चालु आ.ब. सम्ममा नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने करदस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण– पत्र कागज।

४. संस्था दर्ताको सिफारिस

आवश्यक कागजातहरु :

  • स‌स्थाको निवेदन
  • सस्थाको विधान १ प्रति समितिबाट
  • तदर्थ समिति वा कार्यस्था दर्ता सम्वन्धमा भएको बैठक निर्णय प्रमाणित प्रतिलिपी १ प्रति
  • सम्वन्धित वडा समितिको सिफारिस
  • तदर्थ समिति वा कार्यसमितिका पदाधिकारीहरुको नागरिकता प्रतिलिपी १/१ प्रति
  • तदर्थ समिति वा कार्यसमितिका पदाधिकारीहरुले नगरपालिकालाई बुझाउनु पर्ने कर दस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण कागजात सम्वन्धित

 शाखाः– सामुदायीक विकास

५. उद्योग स्थापना सिफारिस

आवश्यक कागजातहरु : 

  • कुन किसिमको उद्योग दर्ता गर्ने हो सो को विवरण सहित चौतर्फि संधियारको नाम खुलेको निवेदन।
  • निवेदकको नागरिकता प्रतिलिपी १ प्रति
  • उद्योग स्थापना हुने स्थानको जग्गा धनी प्रमाणपुर्जाभूमिकर तिरेको रसिद र उद्योग ब्यवसाय संचालन गर्ने भवनको नक्सा पास प्रमाणपत्रको प्रतिलिपी १/१ प्रति
  • सम्वन्धित वडा समिति कार्यालयबाट भएको सरजमिन सहितको सिफारिस
  • उद्योग स्थापना गर्ने घर जग्गा भाडामा प्रयोग गर्ने भए घर जग्गा दिने ब्यक्तिको मंजुरनामा सहित संझौता पत्रको प्रतिलिपी१ प्रति
  • चालु आ.ब. सम्ममा सम्वन्धित घर जग्गाका धनी र उद्योग स्थापना गर्नेले नगरपालिकालाई बुझाउनु पनेर् कर,दस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाणकागज
  • कानूनले निषेध गरेका उद्योग ब्यवसाय तथा सडक अवरोध गर्ने र वातावरणिय प्रभावमा प्रतिकुलता आउने गरी उद्योग स्थापना गर्न सिफारिस गरिने छैन।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

६. विद्युतखानेपानी तथा टेलिफोन लाईन जडानको सिफारिस

आवश्यक कागजातहरु : 

  • सम्वन्धित वडा समिति कार्यालयको सिफारिस।
  • सम्वन्धित घर जग्गाका धनि वाहेक अन्यको नामबाट विद्युतटेलिफोनखानेपानी लाईन जडान हुने भए घर जग्गा धनिको मञ्जुरनामा र घर वहाल सम्वन्धि लिखत।
  • सम्वन्धित ब्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • जग्गा धनी प्रमाणपूर्जाको प्रतिलिपी र भूमिकर तिरेको रसिदको प्रतिलिपीजग्गाको नक्साको प्रतिलिपी१/१ प्रति।
  • नगरपालिकाले नक्सा स्वीकृत गरि भवन बनाउन दिएको इजाजत पत्रको प्रतिलिपी१ प्रति।
    1. चालू आ.ब. सम्म सम्वन्धित घर जग्गाका धनि/विद्युत टेलिफोन खानेपानी जडान हुने ब्यक्तिले नगरपालिकालाई बुझाउनु पर्ने घर वहाल कर लगायतका सम्पूर्ण करदस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण कागज।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

७. हैसियत प्रमाणितघर जग्गा मूल्यांकन र चार किल्ला प्रमाणित सिफारिस

आवश्यक कागजातहरु : 

  • नापी शाखाबाट प्राप्त सम्वन्धित जग्गाको कित्ता नं. प्रष्ट देखिने प्रमाणित नक्सा (ब्लु प्रि48ट)को प्रतिलिपी१ प्रति।
  • वडा समिति कार्यालयको सिफारिस र आवश्यकता अनुसार सर्जमिन मुचुल्का।
  • जग्गा धनी प्रमाण पुर्जाको प्रतिलिपी र चालु आ.ब.को भूमिकर बुझाएको रसिदको प्रतिलिपी१/१ प्रति।
  • सम्वन्धित ब्यक्तिको नागरिकता प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • घर निर्माण भई सकेको भएमा घर नक्सा पास प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण करदस्तुरशुल्क अग्रिम बुझाएको प्रमाण कागज।

 

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

८. विवाह दर्ता

आवश्यक प्रक्रियाहरु

  • विवाह दर्ताको लागि दुलाहा दुलही दुबैले आफै उपस्थित भै आआफ्नो नागरिकताको प्रमाणपत्रको प्र तिलिपी लिई नगरपालिकाको पंजिका शाखाबाट अनसूची ४ फारम भरी सही छाप गरी बुझाउनु पर्दछ।
  • त्यसको १ घण्टा भित्रमा विवाह दर्ता प्रमाणपत्र पाउन सकिन्छ।
  • नागरिकताको प्रमाणपत्र नभएको अवस्थामा वडाध्यक्षको रोहवरमा सर्जमिन गरी सिफारिस लिनु पर्दछ।

९. सम्वन्ध विच्छेद

  • सम्वन्ध विच्छेद दर्ता गराउन सम्वन्ध विच्छेद गरिदिने भन्ने सम्मानित अदालतको फैसला वा आदेशको प्रमाणित प्रतिलिपी साथमा राखी अनुसूची ५ फारम भरी नगरपालिकाको पंजिका शाखामा पेश गर्नु पर्दछ।
  • सम्वन्ध विच्छेद गर्ने ब्यक्ति उपस्थित भै आफ्नो नागरिकता प्रमाणपत्रको प्रतिलिपी समेत पेश गर्नु पर्दछ।
  • सम्वन्ध विच्छेद प्रमाण पनि १ घण्टा भित्रमा प्राप्त गर्न सकिन्छ।

१०. बसाईसराई

आवश्यक प्रक्रियाहरु

  • बसाई सराई दर्ता गराउँदा आफू कुन गा.वि.स. वा न.पा.बाट बसाई सरी आएको हो सो ठाउँबाट बसाई सराई प्रमाण लिई आई घरमूलीले न.पा.को पंजिका शाखाबाट अनुसूची फाराम लिई भर्नु पर्दछ।
  • यस्तो अनुसूची फारम निःशुल्क पाइन्छ।
  • बसाई सराई दर्ता गराउन पनि घरमुलिको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी आवश्यक पर्दछ।
  • आवश्यकता अनुसार जग्गाधनी प्रमाणपूर्जाको प्रमाणित प्रतिलिपी समेत पेश गर्नु पर्ने छ।
  • बसाई सराई दर्ता प्रमाण पनि १ घण्टा भित्रमा प्राप्त गर्न सकिन्छ।

११. मृत्यूदर्ता

  • मृतकको नागरिकताको प्रमाणपत्रको प्रतिलिपी सहित जन्म दर्ता झै घरमूली आफै उपस्थित भै अनुसूची फारम भरी मृत्यू दर्ता गराउन सकिन्छ।
  • यसका अन्य प्रकृयाहरु जन्म दर्ताका झै रहेका छन्।

१२. जन्म दर्ता

  • बच्चाको बाबुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी सहित घरमुली आफै नगरपालिकाको पंजिका शाखामा आई अनुसूची फारम भरी पेश गर्नु पर्दछ।
  • घटना घटेको ३५ दिन भित्र घटना दर्ता गराउनु पर्दछ। सो म्याद नाघे पछि जारिवाना समेत लाग्नेछ।
  • अनुसूची फारम भरेर बुझाएको १ घण्टा भित्रमा प्रमाणपत्र प्राप्त गर्न सकिन्छ।

सम्वन्धित शाखाः– पंजिकरण (कोठा नं.४)

१३. नामथरउमेर संसोधन सिफारिस

आवश्यक कागजातहरु : 

  • वडा समितिबाट गरिएको सर्जमिन सहितको सिफारिस।
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • नामथरउमेर फरक परेको सम्वन्धि पुष्टी हुने कागजातहरुका प्रतिलिपी – १/१ प्रति।
  • निबृत्तिभरण पाएका ब्यक्तिको हकमा पट्टाको प्रतिलिपी१ प्रति।
  • इटहरी बाहिरको नागरिकता भएमा बसाई सराई प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण करदस्तुर शुल्क आदि अग्रिम बुझाएको प्रमाण कागज।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

१४. मोही नामसारी सिफारिस

आवश्यक कागजातहरु : 

  • वडा समिति कार्यालयबाट प्राप्त सरजमिन सहितको सिफारिस।
  • निवेदकको नागरिकता प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • मोही कायम देखिने मोही प्रमाणपुर्जा/ज.ध. प्रमाणपुर्जा/नापी शाखाबाट प्राप्त फिडबुक आदिको प्रतिलिपी१/१ प्रति।
  • मृतकको नामबाट नामसारी गर्नु पर्ने भएमा मृतकको मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • मृतक संगको नाता प्रमाणित प्रमाणपत्रको प्रतिलिपी१ प्रति।
  • सम्वन्धित जग्गा धनीलाई चालु बर्षको कत बुझाएको भरपाई वा नगरपालिका वा भूमि सुधार कार्यालयमा कुत धरौटी राखेको रसिदको प्रतिलिपी१ प्रति।
  • मोहियानी हक पुग्ने अन्य आधारभूत प्रमाणहरुको प्रतिलिपी।
  • मोहि लगतकट्टा गर्नु पर्ने र दुवै पक्षको मञ्जुरी भएमा संयूक्त निवेदन वा अन्य कारण भएमा आधारभूत प्रमाणको प्रतिलिपी।
  • चालु आर्थिक बर्ष सम्ममा नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण करशुल्क दस्तुर अग्रिम बुझाएको प्रमाण।
  • मोही लागत कट्टाका मोही नामसारी कै प्रकृया अपनाउनु पर्दछ र कागजातको हकमा पनि मोही नामसारी मा उल्लेख भएका कागजातका अतिरिक्त चालु आ.ब.को मालपोत/भूमिकर तिरेको रसिदको प्रतिलिपी पेश गर्नु पर्दछ भने दुबै पक्षको मञ्जुरी भएमा संयूक्त निवेदन पेश गर्नु पर्दछ।

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

१५. घर जग्गा नामसारी सिफारिस

आवश्यक कागजातहरुः

  • मृतकको नामबाट नामसारी गराउँदा मृतकको सबै भन्दा नजिकको हकवालाको निवेदनसमान पुस्ताका हकवाला भए सबैको नाम थर वतन खुलेको निवेदन
  • मृतक र सम्वन्धित हकवालाको नागरिकता प्रतिलिपी १/१ प्रति
  • मृतकको मृत्यु दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • चालु आ.ब.को मालपोतभूमिकर तिरेको रसिदको प्रतिलिपी १ प्रति
  • जग्गा धनी प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • अंशवण्डा भएको अवस्थामा अंश वण्डा पत्र वा नामसारीको निम्ती हक पुग्ने कागज प्रमाण
  • सम्वन्धित वडा समिति कार्यालयको सिफारिस पत्र
  • चालु आ.ब. सम्म नगरपालिकालाई बुझाउनु पर्ने सम्पूर्ण कर दस्तुर शुल्क आदि अग्रिम बुझाएको कागजात
  • इटहरी बाहिरको नागरिकता भए बसाई सराई प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • हकवाला पुष्टी गर्ने अन्य कागजात (जस्तै विवाहदर्ता प्रमाणपत्रनाता प्रमाणित प्रमाणपत्र आदि)

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

१६. नागरिकता प्रतिलिपी सिफारिस

आवश्यक कागजात र खुलाउनु पर्ने कुराहरु : 

  • पासपोर्ट साइजको फोटो २ प्रति (पुरुषका लागि टोपी लगाएको)
  • पहिलेको नागरिकता फाटे वा नबुझने भै प्रतिलिपी लिनु पर्ने भएमा सो नागरिकताको प्रतिलिपी १ प्रति
  • इटहरी बाहिरको नागरिकता भए बसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • नागरिकता हराएको भए सो को प्रमाण र पहिलेको नागरिकता नम्वरनागरिकता लिएको मितिजिल्ला,नागरिकता लिंदा उल्लेख गरेको ठेगानाहाल बसोवास भएको ठेगाना
  • सम्वन्धित वडा समितिबाट प्राप्त सिफारिस
  • निवेदक वा निजका अभिभावकले चालु आ.ब.सम्म नगरपालिकालाई बुझाउनु पर्ने करदस्तुर शुल्क आदि अग्रिम बुझाई सकेको प्रमाण कागज

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

१७. नाता प्रमाणित

आवश्यक कागजातहरु : 

  • निवेदक र नाता प्रमाणित गर्नेहरुको नागरिकता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • नावालकको हकमा जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • पति पत्नी भएमा विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • इटहरी वाहिरको नागरिकता भए वासई सराई दर्ताको प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • नाता प्रमाणित गर्नु पर्ने ब्यक्तिको मृत्यू भएको भए मृत्यू दर्ता प्रमाणपत्रको प्रतिलिपी १ प्रति
  • इटहरी नगरपालिका क्षेत्रमा स्थायी बसोवास देखिने अन्य कागजात (जस्तःैघर नक्सा पास प्रमाणपत्र,जग्गाधनी प्रमाणपुर्जा आदि)
  • निबृति भरण पाउनेको हकमा नामनम्वरपदहकवालाको नाम देखिने पट्टाको प्रतिलिपी १ प्रति र प्रयोज हेरी संयूक्त फोटो समेत।
  • सम्वन्धित निवेदक र नाता प्रमाणित हुने ब्यक्ति वा निजका अभिभावकले चालु आ.ब. सम्म झाउनु पर्ने कर,दस्तुर शुल्क आदि अग्रिम नगरपालिकालाई बुझाई सकेको प्रमाणकागज
  • निवेदक र नाता प्रमाणित गर्नेको २/२ प्रति पासपोर्ट साइजको फोटो
  • सम्वन्धित वडा समितिबाट प्राप्त सिफारिस

सम्वन्धित शाखाः– प्रशासन (कोठा नं.९)

१८. नागरिकता सिफारिस

आवश्यक कागजातहरु : 

  • भरिएको निवेदन फारम
  • भरिएको १ नं. अनुसुचि फारम
  • बैवाहिक सम्वन्धमो नाताको अंगिकृत नागरिकताका लागि ३ नं. अनुसुचि फारम र विदेशी नागरिकता त्यागे को वा त्याग्न कारवाही चलाएको कागज प्रमाणको प्रमाणित प्रतिलिपी२ प्रति
  • टोलिमा नाम नभए टोलि दर्ता छुट निवेदन
  • पिताको नागरिकता प्रतिलिपी २ प्रति
  • विवाहिता महिला भए पतिको नागरिकता प्रतिलिपी २ प्रति र विवाह दर्ता प्रमाणपत्रको प्रतिलिपी२ प्रति
  • पिता पति वाहेक आमादाजुभाई वा देवरजेठाजुले सनाखत गर्ने भए सनाखत गर्नेको नागरिकता प्र तिलिपी २ प्रति
  • जन्म दर्ता प्रमाणपत्रको प्रतिलिपी २ प्रति
  • जन्म मिति र पिताको नाम खुल्ने शैक्षिक प्रमाणपत्रको प्रतिलिपी २ प्रति
  • पिता वा पतिको नागरिकता इटहरी वाहिरको भए वसाई सराई दर्ता प्रमाणपत्रको प्रतिलिपी २ प्रति
  • इटहरी नगरपालिका क्षेत्रमा स्थायी घर वसोवास रहेको छ भन्ने विश्वास योग्य अन्य कागजातहरुको प्र तिलिपी २/२ प्रति (जस्तै घर नक्सा पास प्रमाणपत्र)
  • दुवै कान देखिने हालसालै खिचेको पासपोर्ट साईजको फोटो ३ प्रति (पुरुष भए टोपी लगाएको)
  • सम्वन्धित वडा समितिबाट प्राप्त सिफारिस
  • सम्वन्धित निवेदक र निजका अभिभावकले नगरपालिकालाई तिर्नु बुझाउनु पर्ने चालु आ.ब. सम्मको कर दस्तुर शुल्क आदि अग्रिम बुझाई सकेको प्रमाण

सम्वन्धित शाखा : – प्रशासन (कोठा नं.९)