FAQs Complain Problems

इटहरी उप-महानगरपालिकाको अधिकारिक वेबसाइटमा तपाईलाई स्वागत छ |

इटहरी उप-महानगरपालिका सुनसरी जिल्लामा पर्ने दुइ उप-महानगरपालिकामध्य एक  हो ।यो  पूर्वी नेपालको व्यापारिक तथा यातयातको केन्द्रबिन्दु शहर हो । यो शहर धरान शहरको दक्षिणमा र बिराटनगर बाट उत्तरमा रहेको छ । यहाँ अञ्चल यातायात कार्यलयका साथै केही इलाका स्तरीय कार्यलयहरु छन । यो शहरमा झन्डै १,४०,५१७ मानिस बसोबास गर्दछन । इटहरी उपमहानगरपालिका रूपमा २०७१ साल मङ्सिर १६ गते नगरपालिकाबाट उपमहानगरपालिका लागि चाहिने आवश्यक प्रक्रिया पूरा भएपछि उपमहानगरपालिका घोषणा भएको हो । इटहरीलाई उपमहानगरपालिका घोषित गर्दा यसमा एकम्बा ,खनार ,पकली  तथा हासपोसा  गाविसलाई समावेश गरेर यसलाई उपमहानगरपालिका घोषणा गरिएएको हो ।  यहाँ ३३ हजार ७९४ घरपरिवार बसोवास गर्दछन्।नगरमा २० वडा छन् ।  यस नगरमा विभिन्न जातजाति तथा धर्म-संस्कृतिका मानिसहरूको बसोवास रहेको छ । ब्राहृमण, क्षेत्री, नेवार, राई, लिम्बु, गुरुङ, तामाङ, मुसहर, मुसलमान, चौधरी तथा थारूको मुख्य बसोवास रहेको इटहरी उप-महानगर क्षेत्रमा मुख्य भाषाका रूपमा नेपाली, थारू, मैथिली, राई, लिम्बु, तामाङ, सुनुवार र नेवारी भाषा बोलिन्छ ।